भ्रष्टाचारी ठहरिएका विकल पौडेलकी श्रीमतीलाई राजस्व अनुसन्धान विभागमा उपस्थित हुन सार्वजनिक सूचना



काठमाडौं,भदौ १६ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलकी  श्रीमती  एलिना बस्नेतलाई सात दिन भित्र राजस्व अनुसन्धान विभागमा उपस्थित हुन सार्वजनिक सूचना जारी भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजस्व अनुसन्धान विभाग हरिहरभवन, पुल्चोक, ललितपुरले जारी गरेको सूचनामा अमेरिकाको  न्यूयोर्क स्थित सेराक्युज सहरमा (6730, Tulipwood Ln., Jamesville, NY 13078) वस्ने एलिना बस्नेतलाई सातदिन भित्र राजस्व अनुसन्धान विभागमा सम्पर्क राख्न आउन भनिएको छ ।

प्रकाशि सूचना अनुसार उनलाई राजस्व चुहावट गरेको आरोप छ । ‘विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ , ‘यो सूचना बमोजिम उपस्थित हुन नआएमा प्रचलित कानुन बमोजिम हुने व्यहोरा समेत सूचित गरिन्छ ।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा भ्रष्टाचार गरेको आरोपमा  केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल जेलमा छन् ।

प्रतिक्रिया दिनुहोस्