प्रचण्डलाई ओलीको प्रश्न ‘मैले १७ हजार मारेको छु र डराउने?’



काठमाडौ,भदौ १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नआउने बताएका छन् ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्  ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेश र श्रीलङ्काको घटनाबाट सिक भन्ने अर्ती, उपदेश दिएको भन्दै प्रधानमन्त्री ओलीले प्रश्न गरे । ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?’

प्रधानमन्त्री ओलीले दाहाल आफैंलाई बंगलादेश र श्रीलङ्काबाट सिक्न आग्रह गरे । उनले बंगलादेशमा जे भयो नेपालमा पनि त्यही हुन नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्