संविधान संशोधन हुनसक्ने अवस्था छ : सभापति देउवा



काठमाडौ,भदौ १४ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गर्दै कांग्रेसका सभापति देउवाले यस्तो बताएका हुन् । उनले कतिपय कुराहरू संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको जिकिर गरे । उनले सबैले आवश्यक ठानेको खण्डमा संशोधन हुने स्पष्ट पारे ।

सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै  समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरू पनि रहेकाले उनीहरूको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्