नुवाकोटमा भण्डारी सेवा समाजको गठनको भव्य तयारी



नुवाकोट,भदौ १४। नुवाकोट जिल्लामा भण्डारी सेवा समाजको गठनको तयारी गरिएको छ। तयारीका लागि काठमाडौँ तारकेश्वरस्थित गुम्बा नजिकैको अनुपम पार्टी प्यालेसमा शनिबार बिहान ७ बजे नुवाकोट जिल्ला भरिका भण्डारी थर भएकालाई आमन्त्रण गरिएको छ।

भण्डारी बन्धुहरूको विशेष भेला रहने भण्डारी सेवा समाजका केन्द्रीय कोषाध्यक्ष रामहरी भण्डारीले बताए उनका अनुसार छलफलबाट नै भण्डारी सेवा समाजको आगामी जिल्ला अधिवेशन को तयारी मिति तोकिनेछ। केन्द्रीय अध्यक्ष वीरबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा हुन गइरहेको भेलाले नुवाकोट जिल्लाभरि छरिएर रहेका रघुवंशी कौशिक गोत्रीय क्षेत्री भण्डारीहरूको लगत संकलन भण्डारी बन्धुहरु एकता सहयोग र सहकार्यका लागि थप योजना तय गरिनेछ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा बागमती इन्चार्ज कुमार भण्डारी केन्द्रीय सदस्य शिवराम भण्डारी को उपस्थिति रहनेछ नुवाकोट र नुवाकोटबाट काठमाडौँ आएर बसोबास गर्दै आएका सम्पूर्ण भण्डारी आउन सकिने बताइएको छ। थप जानकारीको लागि केन्द्रीय कोषाध्यक्ष रामहरी भण्डारी (९८४१६०१५२७), केन्द्रीय सदस्य रामहरी भण्डारी (९८५ १०६७८९४) र नुवाकोटका शिक्षा तथा इतिहासविद शिवबहादुर भण्डारी (९८६०९०४६३६) लगायतलाई सम्पर्क गर्न सकिनेछ।

विक्रम सम्वत् २०६५ सालमा स्थापना भएको समाजको रामेछाप धादिङ धनुषा महोत्तरी बारा जिल्लाको अधिवेशन सम्पन्न भइसकेको छ। भने नुवाकोट जिल्लामा यही महिनामा गर्ने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्