नुवाकोट लिखुको निरन्जना विद्यालय पहिरोको उच्च जोखिममा



नुवाकोट,भदौ १३ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ३ मा अवस्थित निरन्जना आधारभूत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ ।

पछिल्लो साताको भारी वर्षाका कारण विद्यालयको पूर्व दिशा  तर्फ पहिरो गएको विद्यालयका प्रधानाध्यापक सिताराम थपलियाले बताए ।

भदौ महिना लागेपछि परेको भारी वर्षासंगै सुख्खा पहिरो समेत गइरहेकोले क्षति न्यूनीकरणका लागि आवश्यक उपाय बारे छलफल भएको प्रधानाध्यापक थपलियाले बताए ।

बिक्रम संवत २०४५ सालमा स्थापित यस विद्यालयमा लिखु ३ कट्टीछाप, बेलासपुर, लिखु ५ थान्सिङ अमिले बोट डुडे हस्पिटल क्षेत्रका झण्डै सय को संख्यामा बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्