अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स नेपालको अध्यक्षमा राजेशकाजी श्रेष्ठ



काठमाडौं,भदौ १३ । अन्तरराष्ट्रिय चेम्बर अफ कमर्स (आईसीसी), नेपालको अध्यक्ष पदमा राजेशकाजी श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

आइसीसी नेपालको हालै सम्पन्न साधारणसभाले वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ-संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सी., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चकी क्षेत्री, एशोसियट कम्पनीहरूको तर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् । 

यसैगरी महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरूमा ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरूङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित भएका छन्।

यसअघि आइसीसी नेपालको अध्यक्षमा सुरेन्द्रवीर मालाकार थिए ।

प्रतिक्रिया दिनुहोस्