मुस्ताङमा फेरि गयो हिमपहिरो
मुस्ताङ,भदौ ११ । हिमाल पारिको जिल्ला मुस्ताङमा फेरि हिमपहिरो गएको छ । जिल्लाको थासाङ गाउँपालिका–२,बोक्सीखोला माथिको लेकमा पुनः हिमपहिरो गएको हो ।
प्रत्यक्षदर्शी कुमार अनुरागीका अनुसार मङ्गलबार साँझ करिब ६ बजेको समयमा हिमपहिरो गएको हो । थासाङको बोक्सी खोला माथि छिप्लुङ लेंक हुँदै धौलागिरि हिमालको फेंदबाट खसेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले पहिले खसेको पहिरोको केही थुप्रो खसेको जानकारी दिए । यसअघि भदौ ६ गते दिउँसो थासाङको बोक्सी खोला माथि लेकमा हिमालको फेदबाट हिमपहिरो खसेको थियो ।