रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीबाटै निष्कासन



काठमाडौ,भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाटै निष्कासन गरेको छ।

मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाटै हटाएको हो ।

ढकालमाथि पार्टीको हितविरूद्ध गतिविधि गरेको आरोप छ।यसअघि पटक–पटक स्पष्टीकरण सोध्दा पनि ढकालले पार्टी सभापति रवि लामिछानेमाथि नै अनेक लाञ्छना लगाउँदै जवाफ फर्काएको र पार्टीविरुद्धका क्रियाकलाप जारी राखेको रास्वपाले आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्