टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभ फ्रान्सको विमानस्थलबाट पक्राउ



पेरिस (फ्रान्स),भदौ १० । टेलिग्रामका प्रमुख कार्यकारी पावेल डुरोभलाई फ्रान्सेली प्रहरीले पेरिसको उत्तरमा रहेको एक विमानस्थलबाट पक्राउ गरेको छ ।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार डुरोभ आफ्नो निजी विमानबाट बोर्गेट विमानस्थलमा अवतरण गरेपछि उनलाई पक्राउ गरिएको हो ।

अधिकारीहरूका अनुसार ३९ वर्षीय अर्बपतिलाई लोकप्रिय म्यासेजिङ एप टेलिग्रामसँग सम्बन्धित अपराधअन्तर्गत पक्राउपूर्जी (वारेन्ट) जारी गरिएको छ । उनीमाथि टेलिग्रामको आपराधिक प्रयोग रोक्न असफल भएको आरोप लगाइएको छ।

रुसमा जन्मिएका डुरोभ दुबईमा बस्छन् । उनीसँग संयुक्त अरब इमिरेट्स र फ्रान्सको दोहोरो नागरिकता छ ।

टेलिग्राम विशेष गरी रूस, युक्रेन र पूर्व सोभियत संघ राज्यहरूमा लोकप्रिय छ । फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याटपछि टेलिग्रामलाई एक प्रमुख सामाजिक मिडिया प्लेटफर्मको रूपमा स्थान दिइएको छ।

डुरोभले सन् २०१३ मा टेलिग्रामको स्थापना गरेका थिए । बीबीसी 

प्रतिक्रिया दिनुहोस्