भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, २५ बढी घाइते



काठमाडौँ,भदौ ९ । नेपाली तीर्थयात्री बोकेको बस भारतको बिहार राज्यस्थित समस्तीपुरमा दुर्घटना भएको छ । भारतीय पत्रिका जागरणको अनुसार आइतबार बिहान नेपाली तीर्थयात्री सवार ना ७ ख ६४४६ नम्बरको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । बसमा ४३ यात्रु थिए । 

बसमा सवार सबै नेपाली बाराको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि भारत गएका थिए । गाउँबाट तीर्थयात्रमा गएकाहरु दुर्घटनामा परेको बारागढी गाउँपालिका अध्यक्ष अशोककुमार जैलसवालले पनि पुष्टि गरे । 

बसलाई समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको सो पत्रिकाले उल्लेख गरेको छ । 

प्रतिक्रिया दिनुहोस्