२६ देशबाट नेपालले आयात मात्रै गर्छ, निर्यात शून्य



काठमाडौं,भदौ ९ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको नेपालको आयात/निर्यातको पछिल्लो एक महीनाको तथ्यांक अनुसार नेपालले १०३ देश बाट वस्तु तथा सेवाको आयात गर्ने गर्छ । त्यस मध्ये २६ यस्ता देश छन् जहाँबाट नेपालले आयात मात्रै गर्छ अर्थात ति देशमा नेपालबाट हुने निर्यात शून्य छ ।

यसबाहेक केही देशहरू नखुलाइएका पनि छन् । यि देशबाट १ अर्ब ९६ करोड ३ लाख ८२ हजार रुपैयाँको आयात भएको छ । अर्थात झन्डै २ अर्ब बराबरको मासिक व्यापार घाटा छ । 

यस्ता देश मध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट आयात भएको छ । एक महीनामा अर्जेन्टिनाबाट मात्रै ९३ करोड ९७ लाख ९६ हजार बराबरको वस्तु तथा सेवा आयात भएको छ ।  यस्तै निर्यात शून्य भएका देशमा पाराग्वे, टोगो तान्जानिया इजिप्ट लगायत छन ।

प्रतिक्रिया दिनुहोस्