‘देशले छिट्टै महिला प्रधानमन्त्री पाउँछ’
काठमाडौं,भदौ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित युथ कनक्लेभ २०२४मा बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश, पहिलो महिला सभामुख, पहिलो महिला रक्षामन्त्री बनाएको र अहिले पछिल्लो समय महिला मुख्यसचिव बनाएको बताए ।
सबै क्षेत्रमा महिलाको ३३ प्रतिशत सहभागिता गराउने कुरामा पनि आफ्नो महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले थपे,‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु,तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ, रियालिटीमा अब दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न अलिकति मुस्किल हुनसक्छ, तर छिट्टै बनाउने तयारीबारेमा सोचिराखेको छु।’