फेडोल उत्कृष्ट पुस्तक घोषणा



काठमाडौ,भदौ ८ । फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठानले उत्कृष्ट तीन पुस्तक घोषणा गरेको छ । २०८० सालभरि प्रकाशित कृतिमध्येबाट सो छनोट गरिएको जनाइएको छ ।

प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेलद्वारा शुक्रबार जारी विज्ञप्ति अनुसार भक्तपुरका अभय श्रेष्ठको कविता सङ्ग्रह ‘लहना र तीर’, मकवानपुरका शिवप्रसाद ढकालको जीवनी गाथा ‘भक्तगाथा’ र ताप्लेजुङका खेमराज निरौलाको महाकाव्य ‘क्रान्तिदूत’ उत्कृष्ट तीनमा छनोट गरिएका हुन् । भदौ १५ गते भक्तपुरमा आयोजना हुने कार्यक्रममा पुस्तकका लेखकलाई फेडोल उत्कृष्ट सिर्जना सम्मान–२०८१ प्रदान गरिने जनाइएको छ ।

अध्यक्ष राममणि ढुङ्गेलकी आमा फेमकुमारी तथा पिता डोरनाथ ढुङ्गेलको स्मृतिमा २०६८ सालमा फेमकुमारी डोरनाथ ढुङ्गेल साहित्य प्रतिष्ठान स्थापना गरिएको थियो । अध्यक्ष ढुङ्गेलले आफूले प्राप्त गरेको पुरस्कार तथा लेखकस्वस्वरूप प्राप्त रकमबाट अक्षयकोष खडा गरी मातापिताको नाममा २०७२ सालबाट यो सम्मान प्रदान गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्