ज्यानू–बसन्तराज मिश्र फाउन्डेसनले भदौ १३ गते ३ विधामा पुरस्कार दिँदै



काठमाडौं,भदौ ८ । ज्यानू–बसन्तराज मिश्र फाउन्डेसनले वातावरण, शिक्षा र पत्रकारिता गरी तीनओटा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई यही भदौ १३ गते पुरस्कार दिने भएको छ । 

फाउन्डेशनले वातावरण क्षेत्रमा योगदान पुर्याउनेलाई लोकराज मिश्र वातावरण संरक्षण पुरस्कारबाट सम्मान गर्न लागेको हो । यस्तै, शिक्षा क्षेत्रमा योगदान पुर्याउनेलाई दुर्गादेवी मिश्र शिक्षा पुरस्कारबाट र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनेलाई ज्यानू–बसन्तराज मिश्र पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।  

तीनओटै पुरस्कारको राशि जनही ३ लाख रुपैयाँ छ । पुरस्कृत हुने व्यक्तिको नाम घोषणा हुन बाँकी छ । 

प्रतिक्रिया दिनुहोस्