संस्कृतका विद्वान सम्मानित



काठमाडौं,भदौ ८ । जयतु संस्कृतम् संस्थाले संस्कृतका ७ जना विद्वानहरूलाई पुरस्कृत तथा सम्मानित गरेको छ । 

शुक्रवार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले आचार्य पूर्णचन्द्र ढुङ्गेल तथा प्रा. नीलमणि ढुङ्गानालाई ‘जयतु संस्कृतम्’ पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरे । 

सोही अवसरमा राष्ट्रपति पौडेलले प्रा.डा. ऋषिराम पोख्रेल, प्रा.डा.दीर्घराज घिमिरे, प्रा.डा.रामचन्द्र गौतम, प्रा.डा. गोविन्द चौधरी र प्रा.चेतोनाथ आचार्यलाई सम्मानपत्र हस्तान्तरण गरे । 

प्रतिक्रिया दिनुहोस्