स्थानीय निर्वाचन स्थगन गरेको भन्दै श्रीलंकाको सर्वाेच्च अदालतद्वारा राष्ट्रपति विक्रमासिंघेलाई गैरकानूनी आचरणमा दोषी ठहर



कोलम्बो (श्रीलंका),भदौ ७। स्थानीय निकायको निर्वाचन स्थगन गरेको भन्दै श्रीलङ्काको सर्वोच्च अदालतले बिहीवार राष्ट्रपति रनिल विक्रमासिंघेलाई गैरकानूनी आचरणमा दोषी ठहर गरेको छ । 

अर्थमन्त्रीसमेत रहेका विक्रमासिंघेले निर्वाचन स्थगन गरेर ‘स्वेच्छाचारी र गैरकानूनी’ आचरण देखाएको अदालतको भनाइ छ । अदालतले उनलाई दोषी ठहर गरे पनि उनीमाथि सजाय र जरिवाना भने गरिएको छैन ।  यसको कारण हो- राष्ट्रपतिले पदीय उन्मुक्ति पाउनु । 

श्रीलंकामा गत वर्ष ३४० भन्दा बढी स्थानीय निकायको चुनाव स्थगित गरिएको थियो । अदालतले चुनाव नगराएर नागरिकको मौलिक अधिकार उल्लंघन भएकोसमेत बताएको छ । 

त्यो बेला सरकारले आर्थिक पुनरुत्थानको लागि चुनावमा खर्च गर्न नसक्ने बताएको थियो । निर्वाचन आयोगले अर्थमन्त्री समेत रहेका विक्रमासिंघेमाथि निर्वाचनका लागि आवश्यक पर्ने रकम रोकेको भन्दै चर्को आलोचना भएको ‘दहिन्दुडटकम’ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्