साढे ९ महीनापछि हट्यो टिकटकमाथिको प्रतिबन्ध



काठमाडौं,भदौ ७ । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटेको छ । बिहीवार बसेको मन्त्रिपरिषद बैठकले पूववर्ती सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । 

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटकमाथिको प्रतिबन्ध फुकाउन क्याविनेटलाई सिफारिश गरेको थियो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले करीब साढे ९ महीनाअघि २०८० कात्तिक २७ देखि टिकटकमाथि बन्देज लगाएको थियो । मन्त्रिपरिषदको निर्णयसँगै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई टिकटकमाथिको प्रतिबन्ध हटाउन पत्र लेख्नेछ । 

प्रतिक्रिया दिनुहोस्