स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलले स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने



काठमाडौं,भदौ ६ । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेको बिरामी प्रतीक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागि सहकार्य गर्ने सहमति गरेका हुन् ।

केएल दुगड ग्रुप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘स्वच्छ पानी स्वस्थ जिन्दगानी’ भन्ने नारासहित आगामी दिनमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरी निःशुल्क लिभप्युअर आर.ओ. ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे कम्पनीले जनाएको छ ।

स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल साथै मार्केटिङ एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतको कार्यकक्षमा एक औपचारिक समारोहका बीच दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरी सो सम्झौता गरेको जनाइएको छ ।

स्मार्ट एप्लाएन्सेस प्रालिले थप ३ ओटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताए । 

प्रतिक्रिया दिनुहोस्