गैरआवासीय नेपालीमाथि पनि अनुसन्धान गर्न खोज्दै अख्तियार



काठमाडौं,भदौ ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरआवासीय नेपालीहरूमाथि अनुसन्धान गर्न खोजेको छ । 

हाल राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको भ्रष्टाचार निवारण ऐनमाथि संशोधन गर्न बनेको विधेयकमा अख्तियारले गैरआवासीय नेपालीमाथि पनि भ्रष्टाचारको अनुसन्धान गर्न आफूले पाउनुपर्ने भन्दै प्रस्ताव राखेको हो । 

 ‘यो ऐन नेपाल राज्यभर लागू हुनेछ र नेपालबाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक, राष्ट्रसेवक र यस ऐनबमोजिम भ्रष्टाचार गरेको मानिने कुनै काम गरी विदेशमा बस्ने गैरनेपाली र गैरआवासीय नेपाली नागरिकलाई समेत लागू हुनेछ,’ समितिलाई अख्तियारले दिएको सुझावको पहिलो बुँदामै उल्लेख छ ।

अख्तियारको प्रस्तावलाई संसदले स्वीकार गरे गैरआवासीय नेपाली समेत भ्रष्टाचार, अकुत सम्पत्ति आर्जन र घुस÷रिसवत अन्तर्गत छानबिनको दायरामा आउनेछन् । यसको क्षेत्राधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहनेछ । 

प्रतिक्रिया दिनुहोस्