पर्यटन मन्त्री पाण्डेले भने,‘कुन फाइल कहाँ अड्किएको छ २४ घण्टा भित्र छिनोफानो गर्नुहोला’



काठमाडौं,भदौ ५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय मातहतका निकायले आफ्ना काम चुस्त र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

बुधबार संस्कृति महाशाखा अन्तर्गतका निकायका पदाधिकारीसँग समस्या तथा चुनौती र समाधानका उपाय विषयक छलफल कार्यक्रममा मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

‘मन्त्रालयमा कुन फायल कहाँ अड्किएको छ त्यसको २४ घण्टा भित्र छिनोफोनो गर्नुहोला’, मन्त्रीले भने । असोज महिना भित्र प्रत्येक निकायले कार्य प्रगति विवरण पेश गर्न कर्मचारीलाई मन्त्रीको निर्देशन छ । उनले भने,‘त्रैमासिक समीक्षा गर्ने बेलासम्म बजेट भाषण र रेडबुकमा परेका कार्यक्रमहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउनुहोला ।

असोज महिना आउनु अघि नै योजना कार्यान्वयनका लागि केके गर्छाैं ? गर्न सक्ने कार्यक्रमहरु के के हुन् ? गर्न नसक्ने काम के के हुन ? यस सन्दर्भमा अनिवार्य रुपमा गृहकार्य गर्दै अघि बढ्नु’, मन्त्री पाण्डेले भने ।

मन्त्री पाण्डेले कामको प्राथमिकता निर्धारण गरि सोही अनुसार दिएर अघि बढ्न समेत निर्देशन दिए । नीतिगत सुधारका लागि समेत मन्त्रालयले चुस्त शैलीमा काम गर्दै अघि बढ्नुपर्ने उनको भनाई छ ।

कानुन निर्माणमा भइरहेको प्रति इंगित गर्दै तीन दिन भित्र अन्तरमन्त्रालयका काम समेत सम्पन्न हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले समेत आश्वास्त पारेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्