दिवंगत आफन्तको सम्झनामा मनाइँयो गाईजात्रा



काठमाडौं,भदौ ५ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मंगलबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँयो । 

मंगलबारका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । 

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

काठमाडौं उपत्यकामा गाईजात्राको  उल्लेखनीय रौनक देखिएको छ । 

प्रतिक्रिया दिनुहोस्