किलोको ३० रुपैयाँमै पाइन्छन् यी तरकारी
काठमाडौं,भदौ ५ । बजारमा कतिपय तरकारीको भाउ छोइनसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलवार सार्वजनिक गरेको तरकारी र फलफूलको मूल्य सूचीअनुसार सिताके च्याउको मूल्य किलोको ९५० रुपैयाँ (न्यूनतम) छ ।
यस्तै, च्याउ डल्लेको मूल्य किलोको ३८० रुपैयाँ (न्यूनतम), कुरिलोको मूल्य किलोको ३५० रुपैयाँ (न्यूनतम), ग्रुन्द्रुकको मूल्य किलोको २५० रुपैयाँ (न्यूनतम) र प्याज हरियोको मूल्य २२० रुपैयाँ (न्यूनतम) छ ।
तर, यी ९ प्रकारका तरकारीको मूल्य भने किलोको ३० रुपैयाँ वा सोभन्दा कम कायम गरिएको छ । समितिका अनुसार मुला रातो, सेतो मुला (हाइब्रिड), भन्टा लाम्चो, तीते करेलाको मूल्य प्रतिकिलो ३० रुपैयाँ तोकिएको छ ।
यस्तै, चिचिण्डो, भिण्डी, स्कुस, काक्रो (हाइब्रिड)को पनि सोही दररेट कायम गरिएको छ । सेतो मुला (लोकल) भने प्रतिकिलो २० रुपैयाँमै पाइने गरेको छ ।