नक्कली भुटानी शरणार्थी प्रकरण : झालाई थुनामा पठाउन अदालतको आदेश
काठमाडौं,भदौ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । काठमाडौँ जिल्ला अदालतले झालाई थुनामा पठाउन आदेश दिएको हो ।
आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । उनलाई प्रहरीले गत असार १३ गते पक्राउ गरेको थियो ।
उनीसँग गत बिहीबार अदालतले बयान लिएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका थिए ।