नुवाकोट शिवपुरीका प्रेमबहादुर तामाङले फलाए १ किलोको करेला
नुवाकोट,भदौ ३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ महाकालीका प्रेमबहादुर तामाङले १ किलोग्रामको करेला फलाएका छन् ।
विगत १२ वर्ष यता व्यवसायिक कृषि पेशा गरिरहेका तामाङले १ किलोग्राम सम्मको करेला फलाएका हुन।
आफ्नो १२ रोपनी क्षेत्रफलको जग्गामा कृषक तामाङले हाल करेलाको अलवा गोलभेडा, काउली, बन्दा खेतीका साथै मौरी पालन समेत गरिरहेका छन् ।