नेपालीहरुको तलब तथा ज्यालादर ५ प्रतिशत बढ्यो
काठमाडौं,भदौ २। नेपालीहरुको औसत तलब तथा ज्यालादर ९ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आव २०८०–८१ को साउनदेखि असार मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आव २०८०–८१ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क ५.०९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ९.९० प्रतिशतले वृद्धि भएको थियो ।
गत असार महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ३.५६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो असार महिनामा यस्तो सूचकाङ्क ८.७१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ४.२९ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकका अनुसार गत आवका साउन महिनामा पनि ५.३५ प्रतिशत, भदौमा ५.२५ प्रतिशत, असोजमा ५.६५ प्रतिशत, रहेको थियो । यता, कात्तिक, मंसिर, पुस माघ ५.५६ प्रतिशत बढेको थियो ।
यस्तै, चैत महिनामा ५.३४ प्रतिशत, बैशाखमा ५.२२ प्रतिशत, जेठमा २.८२ प्रतिशत र असारमा ३.५६ प्रतिशत रहेको थियो ।