बलम्बुमा धमाधम बन्दैछ फ्लाइओभर पुल
काठमाडौं,भदौ १। काठमाडौंको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाइओभर पुल निर्माण धमाधम भइरहेको छ।
अबको एक वर्षभित्र सवारी साधन चलाउने गरी काम भइरहेको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए । उनका अनुसार पृथ्वी राजमार्गबाट सुरुङमार्गको काठमाडौंतर्फको पोर्टलसम्म पुग्न फ्लाइओभर निर्माण गर्न लागिएको हो । राजमार्गको बीचको दुई लेनबाट सो फ्लाइओभरलाई जोडिने छ।
फ्लाइओभरको लम्बाइ १२८ मिटर र चौडाइ ७ मिटरको हुनेछ । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधन राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा हुन सक्ने ट्राफिक जामलाई न्यूनीकरण गर्ने उद्देश्यसहित फ्लाइओभरको निर्माण थालिएको बताइएको छ ।