गाईजात्राको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा



काठमाडौ,साउन ३२ । बागमती प्रदेश सरकारले गाईजात्राको अवसरमा ४ भदौमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

शुक्रबार बसेको बैठकले ४ भदौमा मनाइने गाईजात्रा पर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले गाईजात्रा प्रदेशमा मनाइने महत्त्वपूर्ण पर्व रहेकाले प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० अनुसार सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिए।

ऐनअनुसार गाईजात्रा पर्वमा हरेक वर्ष बिदा दिने व्यवस्था रहेको उनको भनाइ छ। मन्त्री लामिछानेका अनुसार उक्त निर्णयसँगै बागमती प्रदेशमा ४ भदौमा गाईजात्राको दिन सार्वजनिक संस्थान, विद्यालय, निजी संघसंसथाहरू बन्द रहनेछन्।

प्रतिक्रिया दिनुहोस्