सार्वजनिक यातायातमा जीपीएस ट्रयाकिङ्ग र सीसी टिभी जडान गर्नुपर्ने, गृहको १२ बुँदे निर्देशन
काठमाडौं,साउन ३१ । अब सार्वजनिक यातायातले जीपीएस ट्रयाकिङ्ग जडान गर्नुपर्ने भएको छ ।
सार्वजनिक यातायात सुविधालाई सुरक्षित र भरपर्दो बनाउन गहृ मन्त्रालयले यातायात व्यवसायीहरु अनिवार्य जीपीएस ट्रयाकिङ्ग जडान गर्न भनेको हो ।
नारायणगढ–मुग्लिन सडक खण्डको सिमताल घटना अध्ययन प्रतिवेदन कार्यालयका लागि मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिएको हो ।
अबदेखि यात्रुहरुलाई टिकट काटेर मात्र यात्रा गराउन, अनलाइन टिकट प्रणालीको विकास गरि कार्यान्वयन गर्न र यात्रुको पहिचान खुल्ने कागजात लिएर यात्रा गर्ने कुरालाई व्यवहारमा उतार्न निर्देशन दिइएको छ ।
यस्तै, सम्पूर्ण सवारीमा जीपीएस ट्रयाकिङ्ग प्रणली जडान गर्न, त्रीव गति नियन्त्रण गर्न सवारी साधनमा समिति गर्ने उपकरण जडार्न गर्न निर्देशन दिएको छ । यस्तै, आ–आफ्ना सार्वजनिक सवारमिा सीसीटी र ट्रान्सपोन्डरको व्यवस्था गर्नुपर्ने भएको छ ।