खेलकुद महासङ्घ नुवाकोटको अध्यक्षमा राजन



नुवाकोट,साउन ३१ । नेपाल खेलकुद महासङ्घ नुवाकोटको प्रथम अधिवेशनले अध्यक्षमा राजन श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

नवनिर्वाचित कमिटीका उपाध्यक्षद्वयमा श्रीकृष्ण श्रेष्ठ र हरिकृष्ण क्षेत्री, सचिवमा महेश बखती, उपसचिवद्वयमा रञ्जित तामाङ र सोवर्ण तामाङ, कोषाध्यक्षमा सरोज डङ्गोल र सदस्यमा जेनी तामाङ, शर्मिला श्रेष्ठ, अनिता तामाङ, दीपक अधिकारी, अर्जुन भट्ट, टीकाराम विष्ट, भुवन डङ्गोल, यादव अधिकारी, कुमार तामाङ, केशव भण्डारी, सुकबहादुर तामाङ, प्रकाश राई, सचिन बुढाथोकी, प्रज्ज्वल नेपाल, बुद्धिलाल तामाङ, जीवन तामाङ, विकास तामाङ, सुव्रत अधिकारी, नानु गुरुङ, पूर्ण तामाङ, सरोज भट्टराई, श्रीकृष्ण पौडेल, प्रकाश राजभण्डारी, नवराज मिश्र रहेका छन् । कार्यसमितिको बाँकी सदस्यमा जिल्लाको ८८ वटै वडाबाट प्रतिनिधित्व हुने गरी थप चयन गरिने नवनिर्वाचित अध्यक्ष राजनले बताए ।

बट्टारमा साउन २९ गते मंगलबार भएको अधिवेशनको उद्घाटन गर्दै खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले शस्त्रास्त्रको प्रयोगभन्दा संसार जित्ने विधा खेलकुद नै भएको बताए । ‘युवालाई राजनीतिसँगै खेलकुदमा सहभागी गराई अनुशासित र देशभक्त नागरिक बनाउन सकिन्छ,’ उनले भने । कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री एवम् नुवाकोट जिल्ला इन्चार्ज केशवराज पाण्डे, केन्द्रीय सदस्य विन्दा ढुङ्गाना, एमाले जिल्ला अध्यक्ष एवम् बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनाली, प्रतिनिधिसभाका पूर्वसांसद एवम् एमाले नुवाकोट जिल्ला कमिटीका पूर्वाध्यक्ष नारायणप्रसाद खतिवडालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्