टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं,साउन ३०। संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको बैठकले ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९’ पारित गरेको हो ।
बुधबारको प्रतिनिधिसभा बैठकमा यो विधेयकमाथि दलीय आधारमा सांसदहरूले धारणा राखेका थिए। अब यो विधयेक राष्ट्रियसभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपति समक्ष पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानुन बन्नेछ ।
सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।