ओलीपछि देउवा नै प्रधानमन्त्री पक्का



काठमाडौं,साउन २९। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले जनताले छानेका दुई ठुला दलबीचको सहकार्यको सरकारले स्थायित्व र आर्थिक विकासका लागि काम गर्ने बताएका छन् । वर्तमान गठबन्धन सरकारबाट आथिर्कवृद्धि बढ्ने आसा गरिएको स्पष्ट पारे ।

एक रेडियो कार्यक्रममा कुरा गर्दै पुर्वमन्त्रीसमेत रहेका प्रवक्ता महतले दुई ठुला दल एक हुनुनै ठुलो उपलब्धि मान्नुपर्ने बताउँदै यो सरकारले जनतालाई निराश नगराउनेमा ढुक्क हुन आग्रहसमेत गरेका हुन ।

जनतामा छाएको निरासा र दलहरुप्रतिको अविश्वासलाई वर्तमान सरकारले चिरेर काम गर्नेमा उनको विश्वास रहेको छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाउने भन्ने बहस महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले उठाइरहेको प्रसंगमा प्रवक्ता महतले समिकरणमा भएको सहमति अनुसार नै कार्यान्वयन हुने बताएका छन् ।

केपी शर्मा ओलीसँग भएको सात बुँदे सहमतिमा ओलीपछि देउवा नै प्रधानमन्त्री बन्ने सहमति भएको छ । बहसमा जे जस्ता कुराहरु उठाइए पनि ओलीपछि को आउने भन्ने कुरामा पहिला नै सहमति भइसकेकाले देउवा नै प्रधानमन्त्री बन्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्