अमेरिकाले मध्यपूर्वमा लागि गर्यो क्षेप्यास्त्र अर्डर, अब होला इजरायल-हमासबीच युद्धविराम सम्झौता ?
अमेरिका,साउन २९ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले मध्यपूर्वका लागि क्षेप्यास्त्र अर्डर गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार रक्षामन्त्री अस्टिनले युएसएस अब्राहम लिंकन एयरक्राफ्ट क्यारियर स्ट्राइक ग्रुपलाई त्यस क्षेत्रमा छिटो जान पनि निर्देशन दिएका छन् ।
इरानको राजधानी तेहरानमा हमासका राजनीतिक नेता इस्माइल हनियाह र लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहका वरिष्ठ कमाण्डरको हत्यापछि यस क्षेत्रमा बढेको तनाव शान्त पार्न सहयोग पुग्ने गरी इजरायल र हमासलाई युद्धविराम सम्झौता गर्न अमेरिका र अन्य सहयोगीहरूले दबाब दिइरहेका बेला यो कदम चालिएको हो ।
इरान र हिजबुल्लाह दुवैले यस हत्याको बदलामा गरेको आक्रमणको खोजी गरिरहेका छन् भने अमेरिकाले यस क्षेत्रमा आफ्नो उपस्थिति बढाइरहेको छ ।
पेन्टागनका प्रेस सचिव मेजर जनरल प्याट राइडरले एक विज्ञप्ति जारी गर्दै अस्टिनले इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टसँग कुरा गरेको र इजरायलको रक्षाका लागि हरसम्भव कदम चाल्ने अमेरिकी प्रतिबद्धता दोहोर्याएको उल्लेख गरेका छन् ।
गत हप्ता अस्टिनले लिंकन एयरक्राफ्ट यस महिनाको अन्त्यसम्ममा सेन्ट्रल कमाण्ड क्षेत्रमा आइपुग्ने बताएका थिए । एपी