एमसीसीका सेक्टर अपरेसन हेर्ने प्रबन्ध निर्देशक मिचेल नेपालमा



काठमाडौं,साउन २९ । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)का सेक्टर अपरेसन हेर्ने प्रबन्ध निर्देशक केभिन मिचेल नेपाल आएका छन् । 

एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिबारे अनुगमन गर्न उनी नेपाल आएको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । उनी यो साता नेपाल रहनेछन् । 

नेपालमा रहँदा उनले एमसी ए नेपाल र अन्य सरकारी नेतृत्वहरूसँग भेटघाट तथा छलफल गर्ने राजदूतावासले जनाएको छ ।

एमसीसीको लगानीमा नेपालमा प्रशारण लाइन निर्माणलगायत काम भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्