क्यान्सर पीडित नुवाकोट शिवपुरीका रेशम तामाङको उपचारार्थ खर्च अपुग, सहयोगको अपिल



नुवाकोट,साउन २८ । क्यान्सर पीडित नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ७ गेरुवागाउँका रेशमबहादुर तामाङको उपचारार्थ खर्च अपुग भएको छ ।

हाल भारतको बेङ्गलोर स्थित एचसीजी क्यान्सर अस्पतालमा उपचाररत तामाङलाई उपचार खर्च नपुगेपछि थप आर्थिक सहयोग जुटाउन अपिल गरिएको हो ।

मलाशयको रेक्टल क्यान्सर पीडित तामाङको यही जुलाई ३१ तारीखमा अप्रेसन गरिएको हो । अप्रेसनको अवस्थासम्म तामाङले ३० लाख खर्च गरिसकेका छन् । यसअघि साझापथ डटकमको पहलमा ६ लाख सहयोग जुटाइएको थियोे । अप्रेसन पश्चात् अझै ४० लाख खर्च जुटाउनु पर्ने भएकाले सबैले सहयोग गरिदिन पीडित तामाङले आग्रह गरेका छन। 

शुरूवात समयमा पायल्समा रगत देखा परेको र उपचारका क्रममा आयुर्वेदिक औसधि सेवन गर्दै आएका तामाङको नेपालमा उपचारका क्रममा विभिन्न अस्पतालमा फरकफरक रिपोर्ट आएकाले उपचारका लागि उनी भारत गएका थिए । 

सहयोगका लागि तामाङको नेपाल एसआईबी बैंकको खाता नम्बर २०११५२४१४१०८०९ सञ्चालनमा रहेको छ। आर्थिक सहयोग गर्नुहुने महानुभावले तलको क्युआर माध्यम समेत अपनाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्