खुल्यो फूलबारी –बङ्गलाबन्ध नाका



भद्रपुर,साउन २७ । नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारिक नाका फूलबारी –बङ्गलाबन्ध नाका खुलेको छ । नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।     
     
 पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए । उनले भने, ‘बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ ।’

कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्ब ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।

प्रतिक्रिया दिनुहोस्