ओलम्पिक फुटबलको स्वर्ण स्पेनको पोल्टामा



काठमाडौ,साउन २६ । पेरिस ओलम्पिक–२०२४ मा पुरुष फुटबलको स्वर्ण पदक स्पेनले जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा स्पेनले आयोजक फ्रान्सलाई ५–३ गोलले हराउँदै स्वर्ण जितेको हो ।

स्पेनले अतिरिक्त समयमा गोल गर्दै स्वर्ण जितेको हो । स्पेनले पुनरागमन जित निकालेको  हो । स्पेनको जितमा फर्मिन लोपेज र सर्जियो क्यामेलो दुई दुई गोल गरे । अर्को गोल एलेक्सन बेनाले गरे ।

फ्रान्सका लागि एन्जो मिलोट, म्याग्नेस अक्लिउचे र जीन फिलिप माटेटाले गोल गरे । यस्तै कांस्य पदक मोरोकक्कोले जितेको छ । मोरोक्कोले इजिप्टलाई ६–० गोलले हराउँदै कांस्य जितेको हो । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्