विद्युत प्राधिकरणको खुद नाफा रु १३ अर्ब ३१ करोड



काठमाडौं,साउन २६ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (आव) ०८०/८१ मा रु १३ अर्ब ३१ करोड खुद नाफा गरेको छ । 

आफ्नो दोस्रो कार्यकालको तेस्रो वर्ष पूरा भएको अवसरमा उपलब्धि सार्वजनिक गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आवमा प्राधिकरणले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफा आर्जन गरेको जानकारी दिए । 

कार्यकारी निर्देशकमा घिसिङको आगमनसँगै प्राधिकरण नाफामा गएको हो । उनी कार्यकारी निर्देशक बन्नुअघिको आव २०७२/७३ मा भने प्राधिकरण रु ८ अर्ब ८९ करोड घाटामा थियो । सो आवको सञ्चित नोक्सानी रु ३४ अर्ब ६१ करोड थियो ।

उनको दोस्रो कार्यकाल भने २०७८ साउन २५ गते शुरु भएको हो । चार वर्षीय कार्यकालको ३ वर्ष पूरा भएको छ । 

प्रतिक्रिया दिनुहोस्