अफगानिस्तानको जीडीपी २.७ प्रतिशतले बढ्यो
अफगानिस्तान,साउन २५ । अफगानिस्तानको कुल गार्हस्थ उत्पादन (जीडीपी) १४०२ देखि मार्च १९ को फारसी क्यालेण्डर वर्षको अवधिमा २.७ प्रतिशत वार्षिक रूपमा विस्तार भएको छ ।
देशको राष्ट्रिय तथ्याङ्क तथा सूचना प्राधिकरणको तथ्याङ्कले यस्तो देखाएको हो । उद्धृत अवधिमा अफगानिस्तानको जीडीपी १५.७ बिलियन अमेरिकी डलर पुगेको एनएसआईएका कार्यवाहक उपप्रमुख इस्मातुल्लाह हाकिमीले बताए ।
हाकिमीका अनुसार मध्य एसियाली मुलुकमा वार्षिक प्रतिव्यक्ति आय गत वर्षको तुलनामा ७० अमेरिकी डलरले बढेर ४९३ अमेरिकी डलर पुगेको छ । सिन्ह्वा, न्यूज एजेन्सी नेपाल