हेलिकप्टर दुर्घटनामा परेकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गरिने
काठमाडौं,साउन २४ । नुवाकोटको शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चालकसहित पाँच जनाको शवको आज पोस्टमार्टम गरिने भएको छ ।
मृत्यु भएकाको शव डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम हुने त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले जानकारी दिएका छन् ।
डा.चौधरीका अनुसार आफन्तबाट मृतकको पहिचान विवरण र पोस्टमार्टम विवरण आज सङ्कलन गरिनेर भोलि शव पहिचानको म्याचिङ हुने उनले बताए ।
डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणालीबाट पोस्टमार्टम गर्दा सुरुमा शव पहिचानका लागि फिंगर प्रिन्ट, डेन्टल र शरीरमा स्थायी रूपमा बनेका सङ्केतहरू पहिरन, गहना लगायत हेरिने विभाग प्रमुख चौधरीको भनाई छ ।