हेलिकप्टर दुर्घटनाका मृतकको शव संकलन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल ल्याइँयो



काठमाडौं,साउन २४ । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पाँचै जनाको शव संकलन गरी सकिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मृतकको शव परीक्षणका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइँएको छ । 

काठमाडौंबाट रसुवाको स्याप्रुवेशीका लागि बुधबार दिउँसो १ः५४ बजे उडेको नाइन एन–एजेडी कल साइनको हेलिकप्टर त्यसको ३ मिनेटपछि सम्पर्कविच्छेद भएको थियो । उक्त हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिकाको वडा नं ७ सूर्याचौरमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

दुर्घटनामा परी १ नेपाली र ४ चिनियाँ नागरिकको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्