एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाः छानबिन गर्न थापाको संयोजकत्वमा ३ सदस्यीय आयोग गठन
काठमाडौं,साउन २३ । बुधवार नुवाकोटमा भएको एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना छानविन गर्नका लागि सरकारले आयोग गठन गरेको छ ।
मन्त्रिपरिषदको आकस्मिक बैठकले तीन सदस्यीय छानविन आयोग समिति गठन गरेको हो । आयोगको संयोजक नेपाली सेनाका बरिष्ठ पाइलट सुवास थापा रहेका छन् । आयोगको सदस्यमा एरोनोटिकल इन्जिनियरि विष्णु बस्ने र तनुजा पोखरेल छन् ।
उक्त आयोगले अबको ३० दिनभित्र दुर्घटनाको प्रतिवेदन सरकारलाई बुझाउनेछ । बुधवार दिउँसो १ः५४ बजे एयर डाइनेष्टीको हेलिकोप्टर काठमाडौंबाट रसुवा उडेको थियो । हेलिकोप्टरमा क्याप्टेन अरुण मल्लसहित चार जना चिनियाँ यात्रु थिए । हेलिकोप्टरमा सवार क्याप्टेनमल्ला सहित पाँचै जनाको मृत्यु भएको छ।