कुलमानलाई हटाए देशभर आन्दोलनमा उत्रिने तामाङ मुक्ति मोर्चाको चेतावनी
काठमाडौ,साउन २२ । राष्ट्रिय तामाङ मुक्ति मोर्चाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने खेलमा सरकार लागेको भन्दै आपत्ति जनाएको छ ।
मंगलबार मोर्चाले एक विज्ञप्ति जारी गर्दै कुलमानलाई हटाएमा देशभार आन्दोलन गर्ने मोर्चाले चेतावनी दिएको छ ।
डेडिकेटेड र ट्रंकलाइन सुविधा लिएर प्रिमियम शुल्क नतिरेका उद्योगीहरूको बाँकी बक्यौता असुल गर्न पहलकदमी लिइरहेको बेला नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही, पदमुक्त वा अन्य कुनै प्रक्रिया अगाडि बढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।