कुलमानलाई छानविनका लागि अख्तियार पठाउन प्रतिवेदन तयार



काठमाडौं,साउन २१ । डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउन सक्दो प्रयास गरिरहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने गरी संसदको एक समितिले प्रतिवेदन तयार पारेको छ ।

संसदको लेखा समितिले प्राधिकरण नेतृत्वले टाइम्स अफ डे मिटर (टिओडी) मिटरको डेटा सुरक्षित नराखेको, सार्वजनिक रुपमा निर्माण भएको छविका आधारमा काम कारबाही गर्न खोजेको, राज्य कोषमा जम्मा हुनुपर्ने रकम नउठाएको भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई लेखि पठाउने तयारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्