राष्ट्रपति पौडेलद्वारा भोटो जात्राको अवलोकन



काठमाडौ,साउन २० । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गरेका छन्।ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा उपस्थित भएर राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गरेका हुन् । 

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् ।

राष्ट्रपति पौडेल भोटो जात्रा अवलोकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारी तथा गुठी संस्थानका पदाधिकारीले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गरेका थिए । भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्