को हुन् विद्युत प्राधिकरणमा नवनियुक्त सञ्चालकद्वय गुरुङ र कार्की ?



काठमाडौं,साउन २० । नेपाल विद्युत प्राधिकरणको संचालकमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्ति भएका छन् ।

आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले गुरुङ र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।

आजै मन्त्रालयले सञ्चालकद्वय कपिल आचार्य र भक्त बहादुर पुन पदमुक्त गरेको थियो । आचार्य र पुनलाई पदमुक्त गरे लगत्तै गुरुङ र कार्कीलाई संचालमा नियुक्ति गरिएको हो । नवनियुक्त सञ्चालक गुरुङ पञ्चेश्वर विकास प्राधिकरणको पूर्वप्रमुख कार्यकारी हुन् । संचालक कार्की भने पूर्वऊर्जा सचिव हुन् ।

प्रतिक्रिया दिनुहोस्