९ वर्षमा नेपालले १७ खर्बभन्दा बढी ऋण तिर्ने
काठमाडौं,साउन १९ । नेपालले आगामी ९ वर्षमा रु १७ खर्ब १४ अर्बभन्दा बढी ऋण तिर्ने भएको छ ।
अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको सरकारको वार्षिक ऋण योजनाअनुसार चालू आर्थिक वर्ष (आव)मा नेपालले तिर्नुपर्ने ऋणको हिस्सा सर्वाधिक छ । सो आवमा नेपालले रु ५ खर्ब ५९ अर्बभन्दा बढी ऋण तिर्नेछ ।
आव २०८९/९० मा भने नेपालले तिनुपर्ने ऋणको हिस्सा सबैभन्दा कम छ । सो आवमा नेपालले रु ६३ अर्ब १४ करोडभन्दा बढी तिर्नुपर्ने देखिएको छ, जसअन्तर्गत आन्तरिक ऋणको हिस्सा रु ५ खर्ब ४ अर्बभन्दा बढी छ भने बाह्य ऋण रु ५४ अर्ब ६२ करोडभन्दा बढी छ ।
आगामी ९ वर्षमा नेपालले तिर्नुपर्ने ऋणमा आन्तरिक ऋणको हिस्सा बढी छ । समीक्षा अवधिमा नेपालले रु ११ खर्ब ७६ अर्बभन्दा बढी आन्तरिक ऋण र रु ५ खर्ब ३७ अर्बभन्दा बढी बाह्य ऋण तिर्नुपर्ने छ ।