भक्तपुरमा मनाइयो गठे मंगल



काठमाडौं,साउन १९ । भक्तपुरमा गथांमुगः (गठे मंगल) पर्व मनाइएको छ ।

राक्षसी स्वरूपको घन्टाकर्ण दहन गर्दै काठमाडौं उपत्यका लगायतका नेवार समुदायले समेत यो पर्व शुक्रबार मनाएका हुन् । 

श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई घन्टाकर्ण चतुर्दशी पनि भनिन्छ । दुष्टात्मा र भूतप्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर घन्टाकर्ण दहन गर्ने प्रचलन छ । 

प्रतिक्रिया दिनुहोस्