प्रधानमन्त्री ओलीले दिए मन्त्रिपरिषद्लाई पूर्णता, तीन जना राज्यमन्त्री नियुक्त



काठमाडौं,साउन १८। मन्त्रिपरिषदले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

शुक्रबार थप तीन जनालाई राज्यमन्त्रीमा नियुक्ति गरिएको छ । यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका १ जनालाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसको तफैबाट रुपा विक बन तथा वातावरण राज्य मन्त्री र पूर्णबहादुर तामाङलाई उर्जा जलस्रोत तथा सिंचाई राज्य मन्त्रीमा नियुक्ति गरिउको छ।

यस्तै, नाउपाबाट अरुण चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्