सुनको मूल्यमा नयाँ रेकर्ड
काठमाडौँ,साउन १८ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँको उच्च रेकर्ड रहेकोमा सो रेकर्ड शुक्रबार तोडिएको हो । यस दिन सुनको भाउ तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, अघिल्लो दिनको तुलनामा भने चाँदी ५ रूपेयाँले घटेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।