मधेश प्रदेश प्रहरीद्वारा रू ५९ लाख बराबरको सुनचाँदी बरामद



जनकपुर,साउन १८। मधेश प्रदेश प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त समम अवैध रूपमा भन्सार छलेर भित्र्याइएको रू ५९ लाख बराबरको सुनचाँदी बरामद गरेको छ । प्रहरीले रू १२ लाख ७६ हजारको सुन र रू ४७ लाख बराबरको चाँदी बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सूचना अधिकारी एसपी सुभाष चन्द बोहराले बताए । 

प्रहरीका अनुसार धनुषाबाट १२ लाख ६ हजार मूल्य बराबरको अर्थात १ सय २० ग्राम सुन बरामद गरिएको एसपी बोहराले बताए । यस्तै सिरहाबाट रू ७० हजार मूल्य बराबर अर्थात ६४ मिली ग्राम सुन, सप्तरीबाट २९ केजी ८ सय २९ ग्राम अर्थात रू ३४ लाख २६ हजार बराबरको चाँदी बरामद भएको बताए । 

यस्तै सिरहाबाट १४४ तोला अर्थात रू २ लाख १९ हजार चॉदी बरामद गरिएको एसपी बोहराले बताए । यसैगरी धनुषाबाट १ केजी १ सय ४ ग्राम चॉदी बरामद गरिएको हो  । सर्लाहीबाट १ केजी ९ सय ४९ ग्राम ६ सय ५९ मिली ग्राम अर्थात रू १ लाख ४७ हजार मूल्य बराबरको चॉदी बरामद गरेको एसपी बोहराले बताए । 

रौतहटबाट २ केजी ३ सय १४ ग्राम ४ सय ७४ मिली ग्राम अर्थात रू २ लाख ३२ हजार मूल्य बराबरको चाँदी बरामद गरिएको छ । यस्तै बाराबाट ४ केजी १ सय ६६ ग्राम अर्थात रू २ लाख ५३ हजार मूलय बराबरको चाँदी, पर्साबाट २ केजी १ सय ७३ ग्राम अर्थात रू १ लाख ४६ हजार मूल्य बराबरको चॉदी बरामद भएको एसपी बोहराले बताए । 

मधेश प्रदेश प्रहरीले प्रदेशका आठ ओटै जिललाबाट सुन १ सय २० ग्राम र ६४ मिली ग्राम र चॉदी ४२ केजी २० ग्राम ७९ मिली ग्राम बरामद भएको एसपी हो  । उक्त सुन र चॉदी अबैध करोबारमा सम्मिलित १३ जना मानिसलाई समेत प्रहरीले विभिन्न समय र स्थानमा पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्